२. वडाको चिनारी
२.१ भौगोलिक स्थान
पुर्वमा व्यास नगरपालिका र देवघाट गाउँपालिका, पश्चिममा भिमाद नगरपालिका र घिरिङ गाउँपालिका, उत्तरमा म्याग्दे गा.पा. र व्यास न.पा. र दक्षिणमा नवलपरासी जिल्ला रहेको छ । जम्मा जनसंख्याः १७,९१८ | पुरूषः ८,२०८ र महिलाः ९,७१० (श्रोतः राष्ट्रिय जनगणना २०७८)
२.२ ऐतिहासिक पहिचान नामांकन
मनोरम परेटकिय नगरी पोखरा देखी भिमाद बजार हुदै ऋषिङ पुग्न जम्मा १ घण्टा लाग्दछ भने दमौली बजार हुदै पनि जान सकिन्छ । स्थानीय कथन अनुसार सत्य युगमा यस क्षेत्रमा श्रृङ्ग ऋषिले तपस्या गरेको हुनाले यस क्षेत्रलाई ऋषिङ्ग क्षेत्रको रुपमा प्रख्यात रहेकोले यस गाउँपालिकाको नामाकरण गिरिएको हो ।

